Nirvik Khabar

नेपाल निर्वाचन: प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचनतर्फ साढे पाँच हजारभन्दा बढीले प्रतिस्पर्धा गर्ने

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २,४१२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन्।त्यसमध्ये २,१८७ जना पुरुष र २२५ जना महिला रहेका छन्। यो बुधवार साँझ ८ बजेसम्म यकिन गरिएको देशैभरिको विवरण भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए।

उनले भने, “यो प्रारम्भिक विवरण हो। त्यसैले यसमा एकाध विवरण घटबढ पनि हुनसक्छ।”निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार गत आइतवार दशैभरि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि उम्मेदवारी दर्ता भएको थियो।

प्रदेशसभामा कतिको प्रतिस्पर्धा?
भुसालले दिएको जानकारी अनुसार देशका सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३,२२४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।त्यसमध्ये २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन्। त्यस्तै प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान ‘अन्य’ भनेर चिनाउने एकजनाले पनि उम्मेदवारी दिएका छन्।

देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ। गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस