Nirvik Khabar

चितवन ३ मा एमालेकाे उम्मेदवारी फिर्ता, काँग्रेसका बागी उम्मेदवारलाई समर्थन

Advertisements
Single Page Long - 2

चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता गरेका छन्।

नेकपा एमालेको केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिएका छन्। ‘चितवन निर्वाचन ३ मा एक बजेअघि एमालेको केन्द्रिय कार्यालयले रामप्रसाद न्यौपानेको उमेद्वारी फिर्ता लिने पत्र पठाएको छ,’ उनले भने, ‘बाँकी निर्णय हामीले तीन बजेभित्र प्रकाशन गदैछौँ।’

यहाँ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा.भोजराज अधिकारी, राप्रपा नेपालका उपाध्यक्ष विक्रम पाण्डे तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाको स्वतन्त्र उम्मेदवारी परेको छ। नेकपा एमालेले कोइरालालाई सघाउने गरि उम्मेदवारी फिर्ता लिएको बुझिएको छ। तर, यस विषयमा केन्द्रिय कार्यालयमा बुझ्ने प्रयासमा रहेको नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य देवि ज्ञवालीले जानकारी दिए। ‘फिर्ता भयो भन्ने मैले सुनेको छु। के कारणले फिर्ता भएको छ मैले केन्द्रसंग बुझ्दै छु’, उनले भने। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाबाट २१ जनाले उम्मेदवारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस