Nirvik Khabar

उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, आजै उम्मेदवारलाई चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अर प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो म्उमेदवारी फिर्ता लिन पाउने छन् । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामा

ली प्रकाशनसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउने छन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस पटक प्रतिनिधिसभातर्फ २,५३१ जना र प्रदेशसभार्तफ ३,४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस