Nirvik Khabar

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

Advertisements
Single Page Long - 2

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्।कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो।

नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उनको भनाइ थियो।

यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ।चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट दशैतिहारजस्ता चाडपर्वको मुखमा यी दुई नाका तत्काल खोलिनुपर्नेमा जोड दिइएको थियो।भेटमा राजनीतिक दलका शीर्ष नेताले लीलाई नाकाखुलाउने विषयमा विशेष आग्रह गरेका थिए।

लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा तातोपानी र रसुवागढी नाका तत्काल बोल्न चीन तयार रहेको जानकारी दिए ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस