Nirvik Khabar

चीनमा ६.८ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु

Advertisements
Single Page Long - 2

काठमाडौँ- चीनमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । दक्षिणप्रश्चिम चीनको सिचुवान प्रान्तस्थित लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङदुमा पनि महसुस गरिएको थियो ।राष्ट्रिय आपतकालीन प्रतिकार्य तथा उद्धार कार्यालयले उद्धार एवम् सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस