चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
भरतपुर महानगरमा कार्यरत सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समुह) मा पठाइको छ ।मन्त्रालयका अनुसार भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिक्ति समुहमा रहेका नारायण प्रसाद सापकोटा आउने भएका छन् ।
Discussion about this post