Nirvik Khabar

यि हुन् अष्ट्रेलियामा सबैभन्दा बढी माग भएका पेशा

मेलबर्न। अष्ट्रेलियामा सबैभन्दा बढी माग भएका पेशाको सूची सार्वजनिक भएको छ। आगामी पाँच वर्षसम्म लागि उच्च माग रहने दश पेशाको सूची सार्वजनिक गरिएको हो।

ती दश पेशाहरु:

  • कन्स्ट्रक्सन म्यानेजर
  • सिभिल इञ्जिनियरिङ्ग प्रोफेसनल्स
  • अर्ली चाइल्डहुड शिक्षक
  • रजिस्टर्ड नर्स
  • इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी तथा सिस्टम एनालिस्ट
  • सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर
  • इलेक्ट्रिसियन
  • सेफ
  • चाइल्ड केयर
  • एज एण्ड डिसएबिलिटि केयर

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले लकडाउन संगै कामका लागि चाहिने सीपमा परिवर्तन आएका कारण यी क्षेत्रमा कामको अभाव देखिएको बताउनुभएको छ। उहाँले आजको समयमा आवश्यक सीप र दक्षता अनुसार सिकाई तथा तालिम हुनुपर्ने कुरालाई जोड दिंदै अब हुने काम तथा दक्षता सम्बन्धि सम्मेलनमा यो कुराको सम्बोधन गरिने उल्लेख गर्नुभएको छ। अष्ट्रेलियामा आगामी महिना काम तथा दक्षता सम्बन्धि सम्मेलन आयोजना हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस