Nirvik Khabar

भोलिदेखि दुईदिन सम्म भरतपुरका उद्योगहरुमा विद्युत अवरुद्ध

चितवन । भरतपुरका विभिन्न स्थानहरुका उद्योगहरुमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण , भरतपुर वितरण केन्द्र वितरण केन्द्रले एक सूचना जारी गर्दै भदौ ५ र भदौ ६ (आईतवार सोमबार ) बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

वितरण केन्द्रका अनुसार औधोगिक ३ फिडरमा ८÷९ मिटर पोल भएको स्थानमा ११ मि पोल राख्ने तथा कभड कण्डक्टर राख्ने कार्यका लागि लाईन सटडाउन गरिने भएको हो ।विगत केही दिनदेखि वितरण केन्द्रले पोल सार्ने र मर्मत सम्भार गर्ने भन्दै विद्युत अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस