काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो ।
उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडालगायत छन् ।
‘ निर्वाचनका लागि हामीले घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं,’ महाराले भने ।
Discussion about this post