Nirvik Khabar

चुनावी घोषणापत्रको तयारीमा एमाले

Advertisements
Single Page Long - 2

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनका लागि घोषणापत्रको तयारीमा जुटेको छ । घोषणापत्रमा समेट्नुपर्ने बिषयमा एमालेले सरोकारवालासँग छलफल थालेको छ ।

काठमाडौंमा शुक्रबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले एक कार्यक्रम आयोजना गर्दै घोषणापत्रमा समेट्नुपर्ने विषयवारेमा सुझाव माग गरेको छ । एमाले सचिवसमेत रहेका विभागका प्रमुख योगेश भट्टराईले पार्टीले तयार गर्ने घोषणापत्रमा उल्लेख गर्नुपर्ने विषयको ’boutमा सुझाव दिन आग्रह गरे ।

सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउनेगरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताउँदै घोषणापत्रमा जनताको कुरा केके उल्लेख गर्न सकिन्छ, सोको ’boutमा सुझाव दिन माग गरेका छन् ।

एमालेले पार्टीका सबै विभागलाई यही १५ भदौभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयार गरी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोहीअनुसार सबै विभागले आप्mनो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।

त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर सो घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको सचिव भट्टराईले जानकारी दिए । पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान चुनौतीलाई सामना गर्नसक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्नसक्ने खालको हुने पनि बताए ।

‘नेकपा (एमाले), जोसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार सञ्चालन गर्ने त्यो आकांक्षाका साथ चुनावमा जाँदै छौं । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी, गर्न सकिने तथा अनावश्यक पपुलारिटीको हिसाबले होइन, एउटा राजनीतिक दलको हिसाबले भोलि गर्न सकिने मुद्दामा केन्द्रित हुँदै विश्वव्यापी हाम्रा प्रतिबद्धतालाई पनि सम्बोधन गर्दै अगाडि बढ्नेगरी घोषणापत्र बनाउनेछौं’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस