Nirvik Khabar

भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ

Advertisements
Single Page Long - 2

काठमाडौं- जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो।
केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले शुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरिने जानकारी दिए । उनका अनुसार आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टून, डोरीलगायतका सामग्री तयारी गरेको छ।

प्रवक्ता आचार्यका अनुसार भदौ २० गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुँदै छ। इपाइ केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा हुनेछ र आवश्यक परे केन्द्रको अन्य मेसिन पनि प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।

आयोगमा मंगलबार ८४ वटा दलले नाम दर्ता गराएको छ। आयोगले निर्वाचनमा सहभागीहुने दलको नाम सार्वजनिक गरेलगत्तै मतपत्र छपाइको काम शुरू हुनेछ। केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छाप्ने गरी तयारी थालेको छ। यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस