Nirvik Khabar

बिटक्वाइन सहितका भर्चुअल करेन्सीको कारोबार गरे कारबाही गर्ने राष्ट्र ब्यांकको चेतावनी

Advertisements
Single Page Long - 2

नेपाल राष्ट्र ब्यांकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न चेतावनी दिएको छ।सोमबार सूचना जारी गरेर केन्द्रीय ब्यांकले देशभित्र र बाहिर बिटक्वाइन, क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतका कुनै पनि कारोबार गर्ने व्यक्ति र कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको हो।

देशभित्रका व्यक्ति तथा कम्पनी, विदेशी संस्था, देशबाहिर बसोबास गर्ने नेपाली, नेपालमा दर्ता भई विदेशमा रहेका फर्म, कम्पनी र संस्था यस्ता कारोबारमा संलग्न भएमा, प्रयोग, सदस्यता, स्वामित्व ग्रहण गरेमा वा माइनिङ, विप्रेषण गरेमा कानूनअनुसार कारबाही गरिने राष्ट्र ब्यांकको सूचनामा उल्लेख छ।

केन्द्रीय ब्यांकले यसअघि नै विभिन्न मितिमा यस्ता कारोबार गैरकानूनी रहेको तथा अत्याधिक जोखिम भएकाले कारोबार नगर्न सचेत गराउँदै आएको थियो। यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी, ठगी, कर छली, पुँजी पलायन, सट्टेबाजीजस्ता जोखिम अन्तरनिहीत रहेको पनि राष्ट्र ब्यांकले उल्लेख गरेको छ। नेपालमा बिटक्वाइनसहितका भर्चुअल करेन्सीले मुद्राको रूपमा  कानूनी मान्यता पाएको छैन। यसमा केन्द्रीय ब्यांकले कुनै पनि सुरक्षण दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस