Nirvik Khabar

इजिप्टको एक चर्चमा आगलागी हुँदै ४१ जनाको मृत्यु

कायरो– इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।आगलागीका कारण चर्च भित्रका मानिसहरु बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेहरुको संख्या धेरै भएको बताइएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

आगलागीमा परी दर्जनौं घाइते भएका छन्। अग्‍नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। कसरी इलेक्ट्रिक सर्किटमा आगलागी हुन पुग्‍यो भन्‍ने कुरा खुलाइएको छैन।

प्रार्थनाका लागि चर्च पुगेका यासिर मुनरले भने, ‘मानिसहरु प्रार्थनका लागि तेस्रो र चौथो तलामा जम्मा भएका थिए। दोस्रो तलाबाट एकाएक धुवाँ निस्किउको देखियो। त्यसपछि मानिसहरु एकैपटक बाहिर निस्किने प्रयास गरे र भिडभाड पनि बढ्दै गयो। जसका कारण पनि मृत्यु हुनेको संख्या बढी हुन पुगेको छ।’

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन् भने घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्। उक्त घटनाको अनुसन्धानका लागि टोली पठाइसकिएको पनि बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस