नवलपुर । नवलपुरमा जंगली च्याउ खाँदा एकैघरका तीन सहित पाँचजना बिरामी परेका छन् । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. ५ बाह्रविसेमा जंगलबाट ल्याएको च्याउ खाँदा पाँचजना बिरामी परेको प्रहरीले जनाएको छ ।
विरामी हुनेहरुमा विनयीत्रिवेणी गाउँपालिका वडा नं. ५ का २८ वर्षका तुल बहादुर ठाडा, श्रीमति ३० वर्षीया दिलमाया ठाडा, २ वर्षका छोरा विश्वराज ठाडा रहेका छन् ।
त्यसैगरी सोहि स्थानका ३४ वर्षीया नरमाया ठाडा र २८ वर्षीया कला लम्काहा पनि च्याउ खाएर विरामी भएका छन् ।बिरामी भएका सबैको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचार भैहरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
Discussion about this post