Nirvik Khabar

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा चितवनमा साइकल र्याली

चितवन – चितवनमा वृहत साइकल र्याली सम्पन्न भएको छ । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा चितवनको सामाजिक संस्था बेटर चितवनको आयोजनामा ‘युथवन’ कार्यक्रम अन्र्तगत शनिबार साइकल र्याली कार्यक्रम सम्पन्न भएको हो ।

भरतपुरको केन्द्रीय टर्मीनल बसपार्कबाट सुरु भएको साइकल र्यालीको उद्घाटन भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख अधिकारीले महानगरमा साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढी रहेको बताए ।

उनले भरतपुरमा साइकल लेन सहितको सडक निर्माणको खाका यसअघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेन सहित रहने प्रष्ट पारे । साइकल र्यालीले समाजमा सस्कृतिको प्रवद्र्धन गर्न सघाउन पुग्ने उनको भनाइ थियो । ‘साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु पनि हो ।’ उनले भने ।‘प्रकृतीसँग साइकल’ नारा दिएर गरिएको र्यालीमा चितवन र गैंडाकोटका एक सय भन्दा बढी साइकलयात्रीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विपीन भण्डारीले जानकारी दिए ।

पाका उमेरका साइकल यात्रीलाई सम्मान

साइकल र्यालीमा चितवनमा साइकल संस्कार प्रवद्र्धन गर्न योगदान पुर्याउने ८ जना पाका उमेरका साइकलयात्रीलाई सम्मान गरिएको छ । भरतपुर–१३ छितामाइमा साइकल र्यालीको समापन कार्यक्रममा सोही वडाका नन्दलाल सुवेदी, यादव अधिकारी, बिकराम महत्तो,उदयराज सापकोटा, टिकाराम घिमिरे,उमराज सिग्देल,एकलाल भण्डारी र शंकर महत्तोलाई सम्मान गरिएको हो ।

चितवनमा वर्षौदेखि अनवरत रुपमा साइकल चलाउर्दै आएका ६० वर्ष माथिका पाका साइकलयात्रीको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताए । ‘चितवनमा साइकल सस्कृति प्रवद्र्धन र युवालाई साइकल संस्कार सुरक्षित हस्तान्त्रण गर्न उहाँहरुले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरेका हौ’ उनले भने ।

साइकल र्याली कार्यक्रममा साइकल सस्कृति प्रवद्र्धन जुटेको एक सपना साइकल र सफा नेपाल लगायत चितवनका विभीन्न संघसंस्थाहरुको समन्वय रहेको थियो । यस्तै कार्यक्रमलाई डिआर साइकल स्टोर्स, एमटिबी बग, हेरचाह हेल्थ क्लिनीक, सम्पूर्ण किताब, निप्पोन एजुकेसनल कन्सलटेन्सी, भिट्टो एजुकेसन, माली दाइ र नेपाल विकास समाज लगायतका विभीन्न संघ संस्थाहरुको विशेष सहयोग रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस