काठमाडौं । नेपाली सेयर बजारमा ‘सेयर बजारका हिरो’ लगानीकर्ताका रुपमा परिचित हरि ढकालले आशन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन उनले आउँदो निर्वाचनमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् । उनी लामो समय नेपाली सेयर बजारको समृद्धिका लागि लडेका अभियानता पनि हुन् ।
ढकाल संघीय निर्वाचनमा पूर्वी चितवन क्षेत्र नं. १ बाट चुनाव लड्दैछन् ।यस्तै सेयर बजारका अन्य केहि पात्रहरु पनि आशन्न चुनावमा उम्मेद्वारी दिंदैछन् । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता एवम् सेयर बजारको समृद्धिका लागि अनशन बसेका अर्का पात्र तिलक कोइराला लग्गायत पनि आशन्न चुनावमा उम्मेद्वारी दिंदैछन् । यस्तै सेयर बजारका अर्का पात्र दिपेन्द्र अग्रवाल पनि चुनावमा लड्ने बुझिएको छ ।
Discussion about this post