माडी । माडी नगरपालिकाको कालिका आधारभुत बिधालयमा अध्ययनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाइ बिहिवार शैक्षिक सामाग्री बितरण गरिएको छ । कालिका आधारभुत बिधालयमा अध्ययनरत एक सय ३९ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष निलकनठ काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको ब्यबस्थापन रोहन गैरे लगाएतको समुहले गरेको थियोे ।
शैक्षिक सामाग्री बितरण कार्यक्रम unfluring the leaves of happiness club र नारायणी नमूना माध्यामिक बिधालय ( Eca club) को सयुक्त आयोजनामा भएको कार्यक्रमलाई Eduland education Consultancy ले सहयोग र समन्वय गरेको थियोे । कार्यक्रममा शैक्षिक सामाग्री पाएका बिद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्नलाई यस्ता सामग्रीले अझ थप प्रेरणा मिलेको बताएका छन ।
एकेडेमी अफ मेडिकल एन्ड इन्जिनियरिङ साइन्सका ब्यबस्थापक रोजि गैरेले यस्ता शैक्षिक सामाग्री बितरण कार्यक्रमले बिद्यार्थीहरुलाइ थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्न आयोजक र सहयोगी सस्थाहरु सग आग्रह पनि गर्नु भयो । साथै गैरेले आगामी दिनमा सस्था बाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
Discussion about this post