चितवन –भरतपुरको स्कुल अफ हेल्थ साइन्समा आगलागी भएको छ ।स्कुलको स्टोरमा आज दिउँसो करिब ३ बजे आगलागी भएको हो । स्कुलका विद्यार्थी तथा अनेरास्ववियु क्रान्तिकारी स्कुल अफ हेल्थ साइन्सका निवर्तमान संयोजक तेज श्रेष्ठले करिब आधा घण्टाको प्रयासपछि आगलागी नियन्यत्रणमा लिइएको बताए । एउटा दमकलको साहयताबाट आगलागी नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक चरणमा अनुमान गर्दा विद्युत सर्ट भएर आगलागी भएको पाइएको श्रेष्ठले बताए । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको उनले बताए । भरतपुर महानगरपालिका १० पूरोनो मेडिकल कलेज पछाडि रहेको स्कुल कुल अफ साइन्स सिटिइभिटी अन्तर्गतको सरकारी स्कुल हो ।
Discussion about this post