Nirvik Khabar

हेटौँडाको यातायात पूर्वाधार निर्देशनालय : विना मापदण्ड ठेकेदारलाई ९० लाख रुपैयाँ पुरस्कार

Advertisements
Single Page Long - 2

मकवानपुर – बाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले ठेक्का अवधि निर्धारण गर्ने आधार एवम् मापदण्ड स्वीकृत नगरि ठेकेदारलाई ९० लाख रुपैयाँ पुरस्कार दिएको पाइएको छ ।

मापदण्ड स्वीकृत नगरि निर्देशनालयले नुवाकोटको तादी नदीमा पुल निर्माणको काम निर्धारित समयभन्दा दश महिना अगाडि नै सकेको भन्दै निर्माण कम्पनीलाई ९० लाख रुपैयाँ पुरस्कार दिएको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो । समयभन्दा अगाडि नै पुल निर्माण गर्ने निर्माण व्यावसायीलाई बोनस स्वरूप यो रकम दिएको हो ।

तादी पुल डिजाइन एन्ड बिल्ड पद्धतिब निर्माण गर्नका लागि नौ करोड १३ लाख चार हजार रुपैयाँमा सम्झौता गरेर निर्माण व्यावसायीले काम गरेका थिए ।

ठेक्का अवधि निर्धारण गर्ने आधार एवम् मापदण्ड स्वीकृत नगरि बोनसको व्यवस्था गर्दा यथार्थमा ठेक्का म्याद सही ढङ्गले निर्धारण भएकोमा विश्वस्त हुन नसकेको महालेखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस