Nirvik Khabar

चितवन कांग्रेस विवाद उत्कर्षमाः सभापति खनाल एकलौटीरुपमा चलेको श्रेष्ठको आरोप

Advertisements
Single Page Long - 2

चितवन । नेपाली कांग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठले जिल्ला सभापति राजेश्वर खनालले विधान विपरित एउलौटी ढङ्गले पार्टी चलाएको आरोप लगाएका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका श्रेष्ठलेले एक विज्ञप्ति जारी गर्दै सभापतिले मनोमानी ढङ्गले पार्टी चलाएको बताएका हुन् । फाल्गुनमा सम्पन्न १४ औं जिल्ला अधिवेशनमा श्रेष्ठले खनाललाई समर्थन गरेका थिए।

पहिलो चरणको निर्वाचनमा सबभन्दा बढी मत ल्याएका खनाल दोस्रो धेरै मत ल्याएका मिलनबाबु श्रेष्ठले पनि समर्थन गरेपछि सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्। समर्थनका दौरान केन्द्र, प्रदेश तथा जिल्ला तहका नेतृत्वहरुको रोहवरमा आफू र खनालबीच केही सहमति भएको विज्ञप्तिमा भनिएको छ ।

खनालले सहमतिय संस्कृतिको आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा सहमति उल्लंघन गरेर एकलौटी ढङ्गले पार्टी चलाउने, विधान र निर्देशनको विपरित कार्य गर्ने तथा मातहतका निकायहरुमा समन्वयकारी भूमिका निर्वाह नगरी मनोमानी गर्दा पार्टी संगठन संकटमा परेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अक्षरस पालना गर्न विज्ञप्ति मार्फत नै खनालको ध्यानाकर्षण गराईएको छ । सहमति विपरीत एउलौटी ढङ्गले पार्टी सञ्चालन गर्दै गए विगतको समर्थन फिर्ता लिएर सबै तहमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने खनालाई श्रेष्ठको चेतावनी छ । यसबाट जिल्लाको पार्टी संगठनमा पर्न जाने सबै गतिरोधको जिम्मेवारी सभापतिले नै लिनु पर्ने विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस