Nirvik Khabar

२३ घण्टापछि खुल्यो नारायणगढ मुग्लिङ सडकखण्ड / गन्तब्य तिर लागे सवारीसाधन

चितवन , १७ साउन 
नारायणगढ मुग्लिङ सडकखण्ड सुचारु भएको छ । गएराति करिब ११ बजे पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड पहिरो हटाएर अहिले करिब ९:४० बजेबाट सुचारु भएको हो ।

नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ मौरी पुलमा खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक अवरुद्धहुदाँ हजारौ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका थिए ।

पहिरो ठूलो भएकाले पहिरो हटाएर सडक खुलाउन करिब २३ घण्टा लागेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/nirvikkhabar/videos/612774513550244

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस