काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन साउन १७ गतेसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५ दशमलव ७२ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।
यी बाहेक बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Discussion about this post