Nirvik Khabar

नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो,सडक सूचारु हुन समय लाग्ने

चितवन । लगातारको बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

 

WhatsApp-Image-2024-11-05-at-18.42.36_d0323d3f
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस