काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।प्रतिकित्ता एक सय रुपैयाँका अंकित दरका ५४ करोड ८८ लाख रुपैयाँको ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ ।सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा. भूषण गुरागाइँले हस्ताक्षर गरेका छन् ।
Discussion about this post