Nirvik Khabar

‘केटो’ले पुष्पा र अञ्जलीसँग खेल्न पाएनन्

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ ।करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो ।

कोषका भेटेरिनरी चिकित्सक डा अमिर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिए ।बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ । माउसँग छुटेका गैँडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा बाबुराम लामिछानेले बताए ।

असारको २२ गते गैँडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए । केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थयो ।यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्धार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैँडा कोषको परिसरमा हुर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस