Nirvik Khabar

यसरि हुदै थियाे भरतपुरकाे बिद्युत कार्यालयमा मदिरा पाटी

चितवन- नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।

कुटपिटबाट घाइते भएका सम्पादक आचार्यले शनिबार जिल्ला प्रहरी कार्यालय, भरतपुरमा पुगेरै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र भरतपुरका कार्यालय प्रमुख राजीव कुमार सिंहसहित आठ कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । प्रहरीले किटानी जाहेरीमा परेका कार्यालय प्रमुख सिंह बाहेकका सात जना कर्मचारीलाई नियन्त्रणमा लिईसकेको छ ।

नियन्त्रणमा लिइएकाहरुमा कार्यालयका सुपरभाइजर इलेक्ट्रिकल पदमा कार्यरत जिवछ शाह, कार्यालयका सिनियर मिटर रिडर, हेमन्त ढकाल, कार्यालयका फोरम्यान इलेक्ट्रिकल पदमा कार्यरत तुलसी देवकोटा, लेखापाल पदमा कार्यरत मञ्जिमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी, लेखापाल हरि पौडेल र सुपरभाइजर इलेक्ट्रिकल आनन्द बहादुर कुवँर रहेका छन् ।

जाहेरीमा अन्य नाम थर नखुलेका ५/७ जना व्यक्तिहरु पनि घटनामा संलग्न रहेको उल्लेख गरिएको छ । शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए ।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए । कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।यस घटनाको पत्रकारसम्बद्ध सम्पूर्ण संघसंस्था, नागरिक समाज, मानवअधिकारकर्मीलगायतले चौतर्फी विरोध गर्दै घटनामा संलग्न दोषी माथि कडा कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस