चितवन- भरतपुर महानगरले ल्याउने आर्थिक एव विकासका कार्यक्रमलाई सफल पार्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्न निजी क्षेत्र कटिबद्ध रहेको आज नारायणगढमा आयोजित एक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने निजि क्षेत्रका बक्ताहरुले बताएका छन । उद्योग बाणिज्य सघ चितवनले आज नारायणगढमा आयोजना गरेको भरतपुर महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान एवं महानगरको समृद्धिमा निजि क्षेत्रको भूमिका विषयक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले महानगरका गौरबका आयोजनाहरुमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन । कार्यक्रममा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले महानगर बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । भरतपुरको विकासमा निजी क्षेत्रको अत्यन्तै पृथक एवम् महत्वपूर्ण भुमिका रहेको छ उप प्रमुख अधिकारीले भन्नू भयो”महानगरको एकल प्रयासले मात्रै समृद्ध महानगर बन्न सक्दैन ”। उहाँले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा बिश्वास समेत ब्यक्त गर्नु भयो। उप प्रमुख अधिकारीले महानगरका ठुला र महत्त्वपूर्ण आयोजनाहरु छनौट गर्दा निजि क्षेत्रसग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रष्ट पार्नु भयो । स्मार्ट शौचालय बनाउनको लागि महानगरले जग्गा खोजिरहेको बताउदै उहाँले त्यसमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको पनि बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघका कार्यसमिति सदस्य सहनलाल प्रधान,उद्योग बाणिज्य सघ चितवनका पुर्ब अध्यक्ष राजु श्रेष्ठ, रमेश कुमार पिया लगाएतले बोल्नु भएको थियोे ।


































Discussion about this post