Nirvik Khabar

अष्ट्रेलिया जान चाहनेहरुका लागि लक्षित गर्दै नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवन शाखा स्थापना गरेको छ । भरतपुर महानगरपालिका १० क्याम्पस गेट अगाडि स्थापित शाखाको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनमा शाखा सञ्चालन गरिएको नोभा ब्रिसबेनका निर्देशक ईश्वरचन्द्र कुँईकेलले जानकारी दिए । अष्ट्रेलिया जान चाहने चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्नका लागि शाखा स्थापना गरिएको उनको भनाइ छ ।

नोभाले विद्यार्थीहरुलाई नेपालमा परामर्श र भिसा प्रकृयासँगै अष्ट्रेलिया पुगेपछि पनि आवश्यक परामर्श प्रदान गर्ने उनले बताए । नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्थापित हुनका लागि पनि सहयोग गरिने उनको भनाइ छ ।

नोभाको चितवन शाखा व्यवस्थापक सागर पौडेलले चितवनका कन्सल्टेन्सीहरुको भिडमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले दक्ष शिक्षकबाट आईईलटिएस र पिटीईको कक्षा सञ्चालन तथा दक्ष परामर्शदाताबाट परामर्श दिने बताए । विद्यार्थीले आईईलटिएस र पिटीईमा ७ अंक ल्याउन सक्ने गरी कक्षा सञ्चालन गरिने समेत बताए ।

नोभा सन् २०१२ मा अष्ट्रेलियामा स्थापना भएको थियो । यस्तै २०१४ मा काठमाडौंमा शाखा स्थापना गरेर नोभाले नेपाली विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ ।हाल चितवनको आवश्यकतालाई मध्यनजर गर्दै भरतपुरमा शाखा स्थापना गरिएको सञ्चालकहरुको भनाइ छ । यो राजाधानी बाहिरकै पहिलो शाखा समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस