चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको लदरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (मंगलबार) दिउसो ०३.१५ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ६ तुल्सीपुर स्थित लदरी खोलामा न्युरो टिप्न जाँने क्रममा खोलाको डिलबाट चिप्लिएर लडेपछि खोलाले बगाउदा रत्ननगर वडा नं. १४ माधबपुर घर भई हाल खैरहनी नगरपालिका वडा नं. १ साहीचोक बस्ने वर्ष ३४ की कल्पना श्रेष्ठ रिजालको मृत्यु भएको हो ।
मृतक रिजालको सव दिउसो ०३ः१५ बजेको समयमा घटना स्थलबाट अन्दाजी १० मिटर तल बगाई खोलामा फेला पारीएको प्रहरीको भनाई छ । रिजाल खोलाको डिलबाट चिप्ली लडि खोलाले बगाएको छ भन्ने खबर प्राप्त हुन साथ ई.प्र.का.खेरहनीबाट प्रहरी निरिक्षककोे कमान्डमा १५ जनाको उद्दार टोलि खटि खोज तलास गर्ने क्रममा घटना स्थलबाट अन्दाजी १० मिटर तल बगाई खोलामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post