Nirvik Khabar

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहाज २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर आज बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस