Nirvik Khabar

मुग्लिन-नारायणगढ सडक खण्डको काली खोलामा पहिरो,सडक एकतर्फी संचालन

चितवन,असार १०-

लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस