Nirvik Khabar

खेल क्षेत्रको बिकास चौतर्फी चर्चा हुने गरि हुनुपर्छ :उपप्रमुख अधिकारी

आशिष अधिकार/
भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा हुने गरि खेलकुदको बिकास गर्नु पर्ने बताउनु भएको छ । भरतपुर महानगरले खेलकुद क्षेत्रलाइ पनि प्राथमिकतामा राखेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, अब महानगरको खेलकुदलाई तपाई हामी सबै मिलेर र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा हुने खालको बनाउन जरुरी छ ।                                         भरतपुर महानगरपालिका नगर खेलकुद बिकास समितिले बिहिवार देखि भरतपुर १८ गुन्जनगर मा बि मा आयोजना गरेको महानगर स्तरीय तेस्रो र्राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा बोल्दै उप प्रमुख अधिकारीले यस्ता खालका रनिङ शिल्ड प्रतियोगिताहरुले खेलाडीहरुमा थप हौसला प्रदान गर्ने पनि बताउनु भयो । यस्ता खेलहरु निरन्तर रुपमा सन्चालन भइरहन पर्नेमा पनि उप प्रमुख अधिकारीले जोड दिनु भयो ।                                       प्रतियोगितामा एक सय मिटर देखि १६ सय मिटर सम्मको दौड प्रतियोगिता, उसु प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, भलिबल प्रतियोगिता, कराते प्रतियोगिता,हाइजम्प, ज्याभ्लिन थ्रो, लङजम्प, कबड्डी, खेलहरु भइरहेका छ्न ।                                   असार ९ देखि ११ गतेसम्म चल्ने प्रतियोगितामा सामुदायिक र सस्थागत तर्फका माध्यामिक बिद्यालयहरुले सहभागिता जनाएका छन ।
महानगर भित्र हाल सामुदायिक तर्फ ५१ वटा र सस्थागत तर्फ ९७ वटा माध्यामिक बिद्यालयहरु संचालित रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस