चितवन। विशेष अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएसँगै पाण्डेले सफाइ पाएका हुन् ।
अख्तियारले २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले उक्त कामको ठेक्का पाएको थियो ।
Discussion about this post