Nirvik Khabar

राप्तीका मेयर लामाद्वारा सडक निर्माण कार्यको निरीक्षण

चितवन, असार ४–

राप्तीका मेयर शमसेर लामाले राप्ती नगरपालिका–६ हर्दीको सशस्त्र ब्यारेकव्यारेक नजिकै रहेको उप्रेती टोल जाने बाटोको पिच निर्माणको निरीक्षण गरेका छन् ।

काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले गुनासो गरेपछि मेयर लामाले सो सडकको निरीक्षण गरेका हुन् । स्थानीयले कच्ची बाटोको पिच र एकतर्फी ढल निर्माणको काम ढिलासुस्ती भएको भन्दै पिच गर्नको लागि कुनै पनि मापदण्ड नअपनाइएको गुनासो गर्दै आइरहेका छन् ।

२०७४ सालदेखि अहिलेसम्म पूर्वपश्चिम राजमार्गसँग जोडिएको बाटोलाई अघिल्लो स्थानीय सरकारले कुनै वास्ता समेत नगरेको स्थानीयको आरोप छ । अघिल्लो स्थानीय सरकारबाट बल्ल तल्ल गत वर्ष सो बाटोको लागि १० लाख रुपैयाँको बजेट परेको थियो तर अहिलेसम्म असार महिना लाग्दा समेत बाटो पिचको काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस