Nirvik Khabar

जनतासंग नजिक भएर काम गर्न भरतपुरका सबै वडा अध्यक्षलाई उपप्रमुख अधिकारीको निर्देशन

आशिष अधिकारी
चितवन भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडाका अध्यक्षहरुलाइ जनतासग नजिक भएर काम गर्न निर्देशन दिनु भएको छ । उप प्रमुख अधिकारीले जनता सग प्रत्यक्ष रुपमा नजिक भएर मुस्कान र सुशासन सहितको सेवा प्रवाहमा लाग्न पनि आग्रह गर्नु भयो ।                                                                       शनिबार भरतपुर महानगर पालिका द्वारा आयोजित सेवा प्रवाह, योजना तर्जुमा तथा कार्यान्वन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले वडा बाट हुने सबै खालका सेवा प्रबाहलाई चुस्त दुरुस्त बनाउन वडा तहका जनप्रतिनिधि र कर्मचारीहरु सग आग्रह गर्नु भयो । वडा तहमा रहेका निजि क्षेत्रहरु सग समन्वय र सहकार्य गरि भरतपुर महानगरलाइ समृद्ध बनाउन सकिने गरि काम गर्न पनि सम्बन्धित वडा समितिहरुलाइ उप प्रमुख अधिकारीले अपिल गर्नु भयो ।                                             देशका ६ वटा महानगर मध्येमा भरतपुरलाई उत्कृष्ट महानगरको रुपमा बिकास गर्न पनि वडा अध्यक्षहरु सग आग्रह गर्नु भयो । उप प्रमुख अधिकारीले ७७ जिल्लाको ध्यान यतिखेर भरतपुर महानगरमा रहेकोले सेवा प्रबाहमा ध्यान दिनु पर्ने गरि कार्य सम्पादन गर्न महानगर अन्तरगतका सबै तहका कर्मचारीहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले महानगरको बिकासको लागि सबै जना एकताबद्ध भएर लाग्नु पर्ने थप जोड दिनु भयो ।
अबको बिकासलाइ उत्पादन र ब्यबसाय सग जोड्न पनि आग्रह गर्नु भयो । उहाँले राष्ट्रसेवक  कर्मचारीहरुलाइ अझ शशक्त भएर जनताको सेवा प्रबाहमा लाग्न समेत आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस