Nirvik Khabar

जब चितवनका समीर अष्ट्रेलियामा अस्त भए / मानसिक तनाबनै प्रमुख कारण

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली विद्यार्थीको निधन भएको छ। २१ वर्षीय समिर कोइराला बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

चितवन स्थायी घर भएका समिर अध्ययनका लागि ६ महिना अघि मात्र अष्ट्रेलिया आएका थिए। उनले मेलबर्नमा रही कुकरी विषय पढिरहेका थिए। पढाइ, काम र घरसंगको दूरीका कारण उनी केही समयदेखि मानसिक तनावमा रहेको बताइएको छ। उनको निधन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

एनआरएनए अष्ट्रेलियाले समिरको शव नेपाल पठाउनका लागि पहल गरिरहेको युवा संयोजक बबिन मिश्रले जानकारी गराउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस