Nirvik Khabar

उद्योग चलाउँदा सरकारलाई घाटामात्रै

काठमाडौं । सरकारले बन्द भएका उद्योग पुनः सञ्चालनको योजना अघि सारिरहँदा चलिरहेको उद्योगको अवस्था भने दयनिय छ ।

देशमा उद्योग व्यवसायमार्फत समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारी लगानीमा स्थापना गरिएका उद्योगमध्ये सबैजसो घाटामा छन् । सार्वजनिक संस्थाहरूमध्ये उद्योग क्षेत्रतर्फ अस्तित्वमा रहेमा १० संस्थानमध्ये जडीबुटी उत्पादन तथा संशोधन कम्पनी बाहेक अन्य सबै खुद नोक्साननमा छन् ।

निजी क्षेत्रको एकाधिकार तोडी सेवामा छनोटको अवसर उपभोक्तालाई दिने लक्ष्यका साथ गरिएको सरकारी लगानी खेर गएको हो । बन्द भएको संस्थानमा रहेका कर्मचारीको तलबभत्ता, ओभरहेड लागत लगायत अन्य खर्चको भार सरकारले बेहोर्दै आएको छ ।

औद्योगिक संस्थानतर्फ दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, ने।पाल औषधि, उदयपूर सिमेन्ट, नेपाल ओरियण्ट एन्ड म्यानेसाइड, बुटवल धागो, नेपाल मेटल र धौवादी फलाम कम्पनी छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस