Nirvik Khabar

अवरुद्ध नारायणगढ- मुग्लिन सडक खुल्यो

चितवन – वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति साढे १ बजेदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

यसअघि बिहीबार राति पनि ठाउँठाउँमा पहिरो गएको थियो। जसले गर्दा सडक अवरुद्ध भएको थियो। शुक्रबार पनि दिउँसो पटकपटक सडक अवरुद्ध भएको थियो।

https://www.facebook.com/khabarnirvik/videos/1118395059089709

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस