Nirvik Khabar

अवरुद्ध नारायणगढ- मुग्लिन सडक खुल्यो

निर्भीक खबर
निर्भीक खबर

चितवन – वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति साढे १ बजेदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

यसअघि बिहीबार राति पनि ठाउँठाउँमा पहिरो गएको थियो। जसले गर्दा सडक अवरुद्ध भएको थियो। शुक्रबार पनि दिउँसो पटकपटक सडक अवरुद्ध भएको थियो।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available