Nirvik Khabar

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्कियो

received_2129529764081875

चितवन,जेठ २६-

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । आज (शुक्रबार) विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिका १ बस्ने ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय महमद बाबु खान,४० बर्षिय शिलादेवि शाह र बारा महागढीमाई नागरपालिका १० का ३२ बर्षिय रामजी प्रसाद शाह रहेका छन् । उनिहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय टाँडीका नियन्त्रणमा रहेको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस