Nirvik Khabar

चितवनको राप्तीमा बन्धक बनाएर युवतीमाथि दुई महिनादेखि सामूहिक बलात्कार, एक जना पक्राउ

निर्भीक खबर
निर्भीक खबर

चितवन, जेठ २५–

चितवनमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।                                                    पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घलानले पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई बलात्कार गर्दै आइरहेका थिए ।

काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्‍याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।

दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्‍याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजुले बताएकी छन् ।

ती महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि आज घलाउनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन जिल्ला अदालतबाट आजै अनुमति लिई घलानको थप अनुसन्धान भइरहेको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available