Nirvik Khabar

‘बाँझो खेत राख्ने किसानलाई कारबाही हुन्छ, मल नदिने मन्त्रीले के पाउलान् ?’

काठमाडौं । सांसद गङ्गा चौधरी ‘सत्गौवा’ ले आफुले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाए कसले क्षतिपूर्ति दिन्छ भनेर प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले भनिन्,’ मेरो १२ कट्ठामा भिण्डी थियो । मेरो भिण्डी १ रुपैयाँ किलो पनि बिक्री भएन । त्यसको क्षतिपूर्ति कसले दिन्छ ? मेरो बारीमा लटारम्म तरकारी फलेको छ । ५ रुपैयाँले विकेको छैन । घाटा भयो त्यसको क्षतिपूर्ति कसले दिन्छ ? संसद बिदा हुने बित्तिकै म धान रोप्न जाँदै छु । मेरो धानको बिउ रोप्ने बेला भइसक्यो तर मल पाएको छैन । मलको व्यवस्थापन सरकाले गरिदियोस् ।

उनले कृषि सम्बन्धी जानकारलाई मन्त्री बनाउनुपर्ने बताइन् । उनले भनिन्,’ धान पहिले फल्छ की चामल पहिले फल्छ, थाहा नपाएका व्यक्तिलाई मन्त्री बनायो भने कस्तो बजेट आउँछ । बाँझो खेत राखे कारबाही गरिन्छ भनिएको छ भने समयमा मल नदिने सरकारका मन्त्री तथा कृषि मन्त्रालयका कर्मचारीले कस्तो प्रकारका पुरस्कार पाउ छन्।’

उनले ३० प्रतिशत आय कसरी घट्छ भनी प्रश्न गरिन् । १९७५ सम्म नेपालले निर्यात गरेका थियो । उनले भनिन्,’ आज भारतबाट किसानहरूले १-२ बोरा मल ल्याउँदा प्रहरीले डण्डा चलाउँछ । उद्योगी व्यवसायीहरू कमिसन खुवाएर मल ल्याउँछन् ।’

उनले हचुवाको भरमा यो गर्दछु त्यो गर्छु भन्न नहुने बताइन । किसानलाई पेन्सनको व्यवस्था होइन तिनीहरूले उत्पादन गरेको मूल्यको उचित व्यवस्था गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस