Nirvik Khabar

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

Advertisements
Single Page Long - 2

स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस