Nirvik Khabar

शुक्रबार तोलामा ३ हजार घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिन लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य गएको शुक्रबार घटेको थियो।सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको थियो। बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँ बढेर ५ हजार २२५ कायम भएको छ। गएको शुक्रबार तोलामा १२० रुपैयाँ घटेर चाँदीको भाउ ५ हजार १३० रुपैयाँमा झरेको तियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस