Nirvik Khabar

हिजो तोलामा ४३ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा २२ सय रुपैयाँ बढेर दुई लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको थियो।

त्यसैगरि आज चाँदी तोलामा ८५ रुपैयाँ बढेर ४ हजार ९६० रुपैयाँ कामय भएको छ। हिजो तोलामा १५० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ८७५ रुपैयाँमा झरेको थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस