Nirvik Khabar

हिजो तोलामा १३ हजार रुपैयाँ बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

Advertisements
Single Page Long - 2

हिजो तोलामा १३ हजार रुपैयाँ बढेको सुनको मूल्यमा आज फेरि गिरावट आएको छ। तोलामा २९ सय घटेर सुनको भाउ आज दुई लाख ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ६ दिनमा ३६ हजार रुपैयाँ घटेको सुनको मूल्य हिजो एकैदिन तोलामा १३ हजार रुपैयाँ बढेको थियो।हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ५०० सय रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँ घटेको छ। हिजो ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको चाँदीको भाउ आज ४ हजार ८२० रुपैयाँमा झरेको हो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस