Skip to main content

Nirvik Khabar

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

Advertisements
Single Page Long - 2

कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।कोलम्बियाली अधिकारीहरूले देशको दक्षिणी भागमा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन् ।वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताए । विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।

बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिन हर्कुलस सी–१३० यातायात विमान सुरक्षा बलका सेनाहरू बोकेर प्यूर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुखद दुर्घटनामा परेको बताए । उनले पेरुभियन सीमा नजिकै भएको घटनालाई ‘देशको लागि धेरै दुखद दिन’ भनेका छन् । विमानमा आगलागीका कारण भित्र भण्डारण गरिएको गोला बारुद पनि विस्फोट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस