Nirvik Khabar

सर्वोच्चले आफ्नो पक्षमा फैसला दिने निष्कर्षसहित देउवाले पुरानो समितिको बैठक बोलाए: एमाले नेता बास्कोटा

Advertisements
Single Page Long - 2

एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसको नेतृत्वसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला शेरबहादुर देउवाको पक्षमा आउने अनुमान लगाएका छन्। सर्वोच्चको फैसला आफ्नो पक्षमा आउने अपेक्षासहित कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पुरानो कार्यसमितिको बैठक बोलाएको हुनसक्ने अनुमान पनि उनले गरेका छन्।‘पार्टी भित्रको कानुनी विवाद सम्बन्धी सर्वोच्च अदालतमा चालु मुद्दा आफ्नो पक्षमा आउने निष्कर्षसहित मौन राजनीतिका माहिर खेलाडी मानिने शेरबहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने रैछ,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेल खेलाडीका, जित अनाडीका भन्थे। यस्तै पो होला कि? शंका गरेँ मैले, लङका हाने कसैले भने-था छैन।’

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेका छन्। तर, त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका छन्।

उक्त रिट अहिले पनि सर्वोच्चमा विचाराधीन अवस्थामा छ।विशेष महाधिवेशन लगत्तै कांग्रेस निर्वाचनमा होमिएको थियो। निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए। निर्वाचनमा कमजोर प्रतिपक्ष बनेपछि देउवा पक्षका नेताले थापाको आलोचना गर्दै आएका छन्। निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका छन्। तर, कांग्रेस केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस