Nirvik Khabar

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यको खोजी गरिरहेका छौँ: प्रचण्ड

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलमा भोट हाल्ने नेकपाका नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन्। बिहीबार जनवर्गीय संगठनका नेताहरूको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले नेकपाका केन्द्रीय सदस्यहरूले नै घण्टीमा भोट हालेको रिपोर्ट आफूलाई आएको बताएका हुन्।

‘हाम्रो पार्टीबाट ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको छ,’ प्रचण्डले भने,  ‘कसकसले तारामा भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरूको जनवर्गीय संगठनका नेताहरू को क्षेत्रमा गएनन्, कस्ले भोट हालेनन्, कसले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्‍यो हामीलाई। तिनलाई कारबाही गर्नैपर्छ।’

प्रचण्डले आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरूमाथिको कारबाही केन्द्रीय सदस्यबाटै सुरु हुने पनि बताए। ‘उनीहरूमाथि कारबाही नभए पार्टी बनाउन सकिँदैन। तिनलाई कारबाही गरिन्छ। सबभन्दा पहिला केन्द्रीय सदस्यहरूबाटै त्यसको सुरुवात हुन्छ,’ प्रचण्डले भने। गएको निर्वाचनमा नेकपाले प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ८ क्षेत्रमा मात्रै जित हासिल गरेको छ। समानुपातिकतर्फ नेकपाले ९ सिट जितेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५७ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस