Nirvik Khabar

जनअपेक्षा अनुसार काम गर्न मुहानदेखि नै सफा गर्छौं : हरि ढकाल

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन् ।काठमाडौंको ग्वार्कोस्थित एक होटलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्ने पनि बताए ।

‘मुख्य कुरा मुहान हो । मुहान सफा भएपछि नै तलसम्म संग्लो हुने हो । सुशासनका एजेन्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट मत पुगेको छ । हामी उत्साहित छौं,’ ढकालले भने ।ढकाल चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले अघिल्लो कार्यकाल छोटो भएको र त्यतिबेला आफूहरूले सिकेका अनुभव पनि अभिमुखीकरण कार्यक्रममा सेयर गरेको जानकारी गराए ।‘हाम्रा अनुभव, बजेट निर्माणसँग सम्बन्धित सेसन पनि चल्यो । अघिल्लो कार्यकाल हाम्रो छोटो थियो । त्यसका अनुभवहरू नवनिर्वाचित सांसदसँग सेयर पनि गर्‍यौं,’ उनले भने ।साथै, अब संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्ने पनि जिकिर गरे ।‘एउटा उमेर समूह आउनुभएको छ । उहाँहरू ऊर्जाशील हुनुहुन्छ । अबको ५ वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहानदेखिकै काम हुन्छ । मुहानदेखिकै काम भएपछि तल पनि संग्लो हुन्छ,’ सांसद ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस