Skip to main content

Nirvik Khabar

लेबननले भन्यो: इजरायलले बेरुतमा आक्रमण गर्दा ६ जना मारिए, २४ घाइते भए

Advertisements
Single Page Long - 2

लेबननको स्वास्थ्य मन्त्रालयले बुधबार मध्य बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र चौबीस जना घाइते भएको जनाएको छ।समाचार एजेन्सी एएफपीका अनुसार मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘यो प्रारम्भिक तथ्यांक हो भने डीएनए परीक्षणपछि मात्र मृतकहरूको पहिचान हुनेछ।’यसअघि स्थानीय सञ्चारमाध्यमले सरकारी मुख्यालय र धेरैवटा दूतावासनजिकै रहेको मध्य जुकाक अल-ब्लाट क्षेत्रस्थित आवासीय भवनलाई निसाना बनाइएको उल्लेख गरेका थिए।

एएफपीका अनुसार इजरायलले दुईपटक आक्रमण गरेको थियो। दोस्रो आक्रमण मध्य बास्ता जिल्लामा गरिएको थियो।अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले इजरायलमा हवाई हमला गरेपछि दुई पक्षबिच लडाइँ परिरहेको छ। इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेको छ।

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ। तर इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस